बिच एण्ड फिस फेस्टिबल: उपाधिका लागि आरएस र चरी सुशान भिड्ने
पाेखरा | कात्तिक १२, २०८१
पोखरा: आरएस बिच क्लबको आयोजनामा पोखरा २५ हेम्जास्थित अम्मटमा जारी ‘आरएस बिच एण्ड फिस फेस्टिबल २०८१’ मा फुटबलतर्फ उपाधिका लागि आरएस क्लब र चरी सुशान एफसी भिड्ने भएका छन् ।
फाइनल खेल अब ३० गते फेस्टिभलको समापनका दिन हुने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए ।
उनका अनुसार पहिलो सेमिफाइलनमा चरी सुसान एफसीले बिल्डिङ एफसी लाई ५–२ गोल अन्तरले पराजित गरेको थियो भने, आरएसले हेमजा २५ एफसीलाई ५–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
सो प्रतियोगिताको विजताले नगद रु ५० हजार र उपविजेताले रु २५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई पुरस्कृत गरिनेछ ।
यस्तै घोडा दौड प्रतियोगिता र बल्छी हान्ने प्रतियोगिता पनि सोही दिन (कात्तिक ३० गते) हुनेछ ।
घोडा दौडमा प्रथम हुनेलाई २० हजार र दोस्रो हुनेलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
यसअघि सम्पन्न भइसकेको फ्रिस्टाइल फुटबल ब्याटल, वान भि वान, र साइकल र्याली सम्पन्न भइसकेको छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

